images
images

सिद्धार्थ बैङ्कका शाखा प्रबन्धक यादवसहित तीन जनाविरुद्ध अनुचित लेनदेनमा मुद्दा दायर 

काठमाडौं– सिद्धार्थ बैङ्क जनकपुरका शाखा प्रबन्धक अजय कुमार यादवसहित तीन जना विरुद्ध विश्वासघात, ठगी तथा अनुचित लेनदेन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेसँगै जिल्ला अदातल धनुषामा मुद्दा दायर भएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका–२ बस्ने राजीव यादवले सिद्धार्थ बैङ्कका प्रबन्धक अजय कुमार यादव, उनका बुवा विश्वनाथ यादव र उनका सालो अभिनन्दन यादवमाथि उक्त मुद्दा दायर गरेका हुन् । राजीव र शाखा प्रबन्धक अजयको साझा लगानीमा महोत्तरीको बर्दिबासमा जय बाबा ठाकुर वासिंग सेन्टर सञ्चालनमा छ । बैङ्कका प्रबन्धक अजय कुमार यादवले व्यावसायिक प्रयोजनका लागि भनि राजीवको खाताबाट दस थान खाली चेक लिएर आफ्नो आफन्तको नाममा ९६ लाख रुपैयाँ निकासा गरिदिएको उनको आरोप छ ।
अजय विरूद्द जिल्ला अदालत धनुषाबाट जेठ २३ गते पक्राउ पुर्जी जारी भए पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न नसकेको राजीवको आरोप रहेकाे छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS