images
images

सात वर्षपछि खानेपानी निर्माण कार्य सम्पन्न हुँदा हरिपुरका ८६६ घरधुरी लाभान्वित

सर्लाही– खानेपानीको समस्या सामाधानका लागि सर्लाहीको हरिपुर नगरपालिका वडा न–९ मा झन्डै सात वर्षदेखि बन्दै आएको ओभर हेड ट्याङ्कीको निर्माण कार्य सम्पन्न भएपछि बल्ल ८६६ घरधुरीमा खानेपानी खानेपानीको सुविधा पुगेको छ ।

प्रत्येक वर्ष गर्मीको मौसममा हैण्ड पम्प ,इनार लगायत पानीको मुहानहरू सुकेर खानेपानीको समस्या झेल्दै आएका स्थानीयहरूको लागि पिडारी खानेपानी आयोजना मार्फत १६८ मिटर गहिरो र २०० घन मिटर क्षमताको ओभर हेड ट्याङ्की निर्माण गरी प्रत्येक घरधुरीमा धारा वितरण गर्न सुरु गरिएको हो ।

उक्त खानेपानी आयोजनाको मधेश प्रदेश सरकारकी नवनियुक्त ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेलीले औपचारिक रूपमा उद्घाटन गरेकी छिन् । मन्त्री लुङ्गेलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानीको अधुरा योजनाहरू पूरा गरेर प्रत्येक नागरिकको घरघरमा खानेपानीको सुविधा पुर्‍याउने आफ्नो पहिलो प्राथमिकता रहेको बत्ताइन् ।

नेपाल सरकारको ५० लाख ५० हजार, दातृ संस्था अक्सफाम र बागमती सेवा समाज नेपालको तीन करोड ७९ लाख ८३ हजार ७८५ रुपैयाँ र जनसहभागिताको ३३ लाख १८ हजार ८५० रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवनाथ साहले जानकारी दिए ।

उनले २०७५ सालबाट सुरु भएको खानेपानी आयोजनाको काम भर्खरै पूरा गरेर घरघरमा खानेपानी वितरण गर्न सुरु गरिएको बताए । पानीलाई शुद्ध र सफा बनाउनका लागि अत्याधुनिक उपकरण समेत जडान गरिएको संस्थाले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS