images

सन्दीप लामिछानेले विश्वकप खेल्न वेस्टइण्डिजमा पुगे

काठमाडौं–क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएका छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेको विज्ञप्ति मार्फत जनाएको छ ।

आइसिसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।

उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरू सदस्यहरू अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । क्यानले भने अमेरिकाले भिजा नदिएको कुरामा क्यान लक्षित अनावश्यक टिप्पणी नगर्न समेत भनेको छ ।