images

निजी वनको दिगो व्यवस्थापन अति आवश्यकः उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा पारिवारिक निजी वन सङ्घले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले मुलुकमा काष्ठ र गैर काष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए । उनले खेर गइरहेको निजी आबादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने बिरुवाहरूको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सकिने बताए ।

उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ । मुलुकमा काष्ठ र गैर काष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ । बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्दछ । यसर्थमा पारिवारिक वनको भूमिका झनै महत्त्वपूर्ण हुनसक्छ । वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ ।’

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि निजी वनले पु¥याएको योगदानको समीक्षा र मूल्याङ्कन हुन जरुरी रहेको बताए ।