images
images

अन्डर-१९ महिला टिमका लागि सिजी फुड्स नेपाल लिमिटेडकाे ६० लाख सहयोग

काठमाडौं–सिजी फुड्स नेपाल लिमिटेडले अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो । नेपालले २०२७ को आइसिसी यु १९ विश्वकप क्रिकेट बङ्गलादेशसँग मिलेर आयोजना गर्दै छ । सोही विश्वकपलाई मध्यनजर गरी सिजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ ।

पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट सङ्घलाई सहयोग गर्ने घोषण गरेको छ । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

साथै लिमिटेडले वाइवाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल अडिसन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ । बाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS