images

नयाँ चरणको आर्थिक सुधार जरुरी छः अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा मङ्गलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाएका हुन् । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने पनि उल्लेख गरेका छन् ।

मन्त्री पुनले सरकार फेरिने कुरा स्वाभाविक भए पनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेको धारणा राखेका छन् ।