images

बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं–सर्लाहीको बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतबहादुर थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेयर थापा र उपमेयर मोक्तान दुबै जना माओवादीबाट चुनाव जितेका जनप्रतिनिधि हुन् ।
हेर्नुहोस् यस्तो छ अख्तियारको पत्र