images
images

क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँः सांसद आचार्य

काठमाडौैं– नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी–ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए ।

उनले भने,‘अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरू भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशीघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो रु नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो रु नेपालीहरूले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एक जना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार ग¥यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रूपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरूलाई महँगोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरू आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहीन ढङ्गले बिक्री गरी हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् । अमेरिकामा बस्ने नेपालीबाट अवैध रूपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शिर निहुराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरोस् । दोषीमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’

उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS