images
images

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छः अध्यक्ष राउत

काठमाडौं–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि सङ्घमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरूपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे । उनले संसद्लाई दल तन्त्र लागू गर्ने थलोको रूपमा विकास गर्न नहुने बताए ।

अध्यक्ष राउतले भने, ‘हामी कहाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठुलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरूलाई हामी धन्यवाद पनि दिन्छौँ । तर देशले अहिले के भोगी राखेको छ भने एउटा अस्थिरताको सिलसिला सुरु भयो । म पटक पटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ । त्यति धेरै अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातावरण यहाँ छ । त्यस कारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी सङ्घ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं । संसद्मा ह्विप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दल तन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन ।’

अध्यक्ष राउतले संसद्मा ह्विप लागू गर्ने कुराले सांसदहरूलाई स्वविवेकीय ढङ्गले कानुन निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS