images
images

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएः डा. अमरेशकुमार सिंह

काठमाडौं–प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे । उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरूलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।

सांसद सिंहले भने, ‘नियम, कानुन मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लागे पनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ । यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्टेष्ट्रमा यो बजेट माओवादी पार्टीको सिङ्गल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजेट बन्छ बन्नु दिवास्वप्न हो । किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम सङ्घारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न ।’

सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरूलाई बेवास्ता गरेको गुनासो पनि गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS