images

डेंगु सङ्क्रमण ७२ जिल्लामा फैलियो

काठमाडौं– डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ ।

गत साता ७१ जिल्लामा फैलिएको डेंगु हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।

मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रै मास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ ।