images

सेयर बजार १७.०४ अङ्कमा खुम्चियो

काठमाडौं–हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ । होटेल बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रो फाइनान्स, बीमा, उत्पादन, विकास बैङ्क समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।