images

मुस्लिम धर्मावलम्वीहरुले मनाए बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो चाड बकर इद ९इदुल जोहा० आज देशभर मनाइँदै छ ।

आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी एक आपसमा मित्रवत् रूपमा शुभकामना साटासाट गरेका छन् । काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।