images
images

सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं–राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मङ्गलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सो प्रस्तावलाई सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थियो । प्रस्तावको पक्षमा सांसदहरूले सहमति जनाएसँगै अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS