images

संसद् भवनभित्रै गोली लागेको अवस्थामा एक प्रहरी जवान मृत फेला

काठमाडौं– सङ्घीय संसद् भवनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला परेका छन् । नेपाल प्रहरीका जवान संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरी जनाएको छ ।

प्रहरी जवान दोलखाका घर भएका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले गोली हानेर आत्महत्या गरेको बताए । घटनाको बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।