images

रङ्गशालामा मनाइयो १० औँ अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं– आज १० औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रङ्गशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो । संयुक्त राष्ट्र सङ्घको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो । योगबारे जानकारी दिँदै योग साधक एवं बागमती प्रदेश योग खेलकुदसंघका अध्यक्ष केदारनाथ बस्ताकोटी यो स्वास्थ्यका लागि भएको बताए । मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताए । उनले आसन र प्राणायामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताए ।

युवालाई आसनको माध्यमबाट योग सिकाउन सके युवाहरू योगमा आकर्षित गर्न सकिने बताए । उनले योग सम्पूर्ण खेलकमा जोडिनुपर्ने बताए ।