images

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु चार जना बिरामी

मकवानपुर– मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं ७ का अन्दाजी ५५ वर्षीय बल बहादुर प्रजाको उपचारको क्रममा ज्यान गएको हो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । बल बहादुर प्रजा, उनको ४५ वर्षीया श्रीमती जालीमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, वर्ष ८ की सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी भएका थिए ।

जसमध्ये बलबहादुरको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।