images
images

फणीन्द्र देवकोटालाई कारबाही नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश 

काठमाडौं– सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो। नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ह्विप उल्लङ्घन गरी देवकोटाले गएको गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसपछि माओवादी केन्द्रले उनलाई ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीबारेको निर्णय जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए । जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्ट नै उनी ऊर्जामन्त्री बनेका थिए ।

पदमुक्त भएसँगै गत विहिबार देवकोटाले सर्वोच्चमा दायर गरेका थिए । नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।

सर्वोच्चको यो आदेशपछि उनीमाथि माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयनमा रोक लागेको छ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS