images

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं–झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।