images

रास्वपालाई पार्टी सभापति लामिछानेलाई सहकारी ठगीबाट कसरी जोगाउने भन्ने मात्रै चिन्ता छः महामन्त्री शर्मा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ रु भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री दाहाललाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताए ।

उनले भने, ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । हामी सरकारमा छैनौँ, त्यस कारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन । देशले आर्थिक रूपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ । किनभने काँग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको । काँग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेको । आशावादी भएर हेर्न सक्ने सम्भावनाहरू छन् । नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ । तर सँगैको सरकारको गतिविधि त्यो प्रकृतिको देखिँदैन । त्यसमा हामीले दबाब दिनुपर्छ । सरकार सिङ्गो अस्तित्व हो तर आज सिङ्गो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ । एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्यूलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्ने कुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरू रहेको भए पनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।