images
images

सर्लाहीमा एक किशोरी  झुन्डिएको अवस्थामा मृत फेला

सर्लाही– सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न–७ नोकैल्वामा एक नव विवाहित किशोरीले झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । नोकैल्वा निवासी लीला धर रायको छोरा १७ वर्षीय सुनिल यादवकी श्रीमती वर्ष १७ की बबिता यादवले आफ्नै घरको सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 मृतक बबिता र सुनिलको सात महिना अगाडी मात्र घरबाट भागेर प्रेम विवाह भएको मृतककी आमा रीता यादवले बताएकी छिन् । उनीहरू दुवै जनाको घर एउटै गाउँमा रहेकोले एक अर्का बिच प्रेम सम्बन्ध गाँसिएपछि केटीकी आमाले विवाह गर्न नमानेपछि दुवै जना भागेर विवाह गरेका थिए। भागेर विवाह गरिसके पछि श्रीमानको घरमा बस्दै आएकी बबिताको अचानक झुन्डिएर मृत्यु भएपछि घटनालाई शङ्काको रूपमा हेरिरहेको छ।

विवाह भएको केही दिनपछि नै केटा पक्षले दाइजोको लागि छोरीलाई  दबाब दिँदै आएको र घरेलु हिंसा समेत गर्दै आएकोले छोरीले आत्महत्या नभई हत्या गरिएको मृतककी आमा रीताले आरोप लगाएकी छिन् ।

किशोरी सोमबार मृत फेला परे पनि मृतककी आमा रीता मङ्गलवार दिउँसो  सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी राखेको बबिताको शव लिएर केटा पक्ष विरुद्ध हत्याको जाहेरी दर्ता गराउन माग गर्दै स्थानीयबासीहरुको साथमा केही बेर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएकी थिइन् ।

 घटना स्थलको प्रकृतिलाई हेर्दा  केटीको झुन्डिएरै मृत्यु भएको देखिएकोले थप तथ्यहरू पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने भएकोले अहिले यस विषयमा केही प्रतिक्रिया दिन नमिल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दीपक श्रेष्ठले बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS