images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन बारे छलफल हुने

काठमाडौं–नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

बैठकले यही असार १६ देखि २० गतेसम्म काठमाडौं हुने महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजको टुङ्गो लगाइने एकीकृत समाजवादी पार्टीले जनाएको छ ।

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्ताबेज अनुमोदन तथा प्रतिनिधिको नामावली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा समेत हुने छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।

यसैबिच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुई सय स्वयंसेवक परिचालन गर्ने भएको छ। पार्टी अध्यक्षका लागि माधव कुमार नेपाल र घनश्याम भुसाल दुई गुट बनाएर भिड्ने भएका छन् । भुसाललाई सम्मानित नेता झलनाथ खनालले समर्थन जनाइसकेका छन् ।