images

दुबई जान लागेका राजेश पायल राईलाई जहाजबाट बाहिर निकालियो

काठमाडौं– दुबई जानका लागि जहाज चढिसकेका कलाकार राजेश पायल राईलाई जहाजबाट बाहिर निकालिएको छ । बिहीबार फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी रामदत्त जोशीले पुष्टि गरे ।

विमानस्थल स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले उनलाई जहाजबाट बाहिर निकालिएर रोकिएको हो । उनी अब नर्मल अवस्थामा भएपछि मात्रै दुबई जान पाउने भएका हुन् ।

उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको र जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।