images
images

बिपी  र मदनको नाममा  करोडौँको कार्यक्रम गर्न नमान्दा  एमाले कांग्रेसले नगर सभा रोकेः मेयर बालेन

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन शाहले एमाले र कांग्रेसको हठका कारण नगर सभाको बैठक रोकिएको बताएका छन् । नगर सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले आफ्ना दलका नेताको नाममा करोडौँको बजेट मागेकामा आफूले नेताको नाममा भन्दा सहिदको नाममा बजेट विनियोजन गर्न पर्नेमा जोड दिएको उल्लेख गरे ।

सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर बालेन शाहले भनेका छन्, ‘एमाले काङ्ग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।’

उनले थप्दै लेखेका छन्, ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।’

त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानु भयो । तर नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले भने मेयर बालेन स्वयम नगर सभाको बैठकमा उपस्थित नभएकाले बैठक स्थगित भएको आरोप लगाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS