images

विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले राजनीतिक दलहरूसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए ।

उनले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरूको मतदाता नामावली सङ्कलन पूर्ण हुने बताए । उनले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरू रहेको ठाउँलाई दिनुपर्ने बताए । उनले नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरूलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको बताए । उनले बाह्य मतदान रु स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताए । उनले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निष्कर्षमा रहेको पनि बताए ।

उनले भने, ‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तीमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ । राजनीतिक दलहरूसँग पटक पटक छलफल गरेका छौँ । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ । त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो ग¥यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहिँ प्रारम्भ गरौं भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ । नभए हामी एक्लैले गर्न सक्ने अवस्था छैन । तर यो गर्दागर्दै हामीले अलिकति सोचेको कुरा के हो भने फेरि पनि विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुप¥यो, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स भनेको त्यहीँ रहेछ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन । त्यसलाई पहिलो प्राथमिकता दिऔँ । उताको सेवा सुविधा, यताको माया भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ । यतैप्रति हामी बढी आकर्षित छौँ । यताकाले बढी गतिलो आवाज दिन सक्दैन । त्यो पनि थाहा छ हामीलाई । त्यसैले आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ की, कि ठिकै गर्दैछ, त्यो पनि छलफल गर्नुहोला । बाह्य मतदान पनि कुन कुनमा दिने रु स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने त्यो पनि हामीले छलफल गरौँ । अहिले हाम्रो प्रयास के मात्रै छ भने दिइहाल्यो भने पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै जान सकिन्छ भन्ने निष्कर्षमा हामी छौं । अहिले हाम्रो दोहोरो नागरिकताको विषय, डिभी, पिआरको विषय, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा अलिकति अब विश्लेषण गर्नुपर्ने बेला भयो । निर्वाचनको मूल मन्त्र भनेको निर्वाचन स्वच्छ हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, विश्वासिलो हुनुपर्छ भनेका छौँ । यी मैले भनिरहेका व्यवस्थाले निर्वाचनको निष्पक्षतालाई कायम गर्न सक्छ की सक्दैन रु यो पाटोमा पनि छलफल गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए । उनले निर्वाचनको मूल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताए ।