images

जबज मौकाप्रस्थको माध्यम होइनः अध्यक्ष ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । उनले जनताको बहुदलीय जनवाद ओठे भक्ति नभएको बताए । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताए । उनले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताए । उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादक भएको बताए ।

उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढङ्गले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठे भक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन । जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाइमा भएको हुनाले जबज त कसरी छोड्ने रु भन्ने कुरा होइन । यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाइमा यसमा धेरै अति युक्ति हुनु हुँदैन । उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादक ग¥यो । जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्या यस्ता कुराबाट होइन । ध्यान देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति हो ।’

फरक प्रसङ्गमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिब ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताए ।