images

विश्वकप उपाधी उचालेसँगै भारतका महान् खेलाडीले टी २० बाट लिए संन्यास

काठमाडौं– भारतले टी–२० विश्वकप उचालेसँगै दुई महान् क्रिकेटर विराट कोहली र भारतीय टिमका कप्तान रोहित शर्माले टी—२० आइबाट संन्यास लिएका छन् । अमेरिका र वेष्टइण्डिजमा भएको आइसिसी टी -२० विश्वकपको प्रतियोगिता भएको थियो । शनिवार उक्त प्रतियोगी उपाधिका लागि भारत र दक्षिण अफ्रिका आमनेसामने भएका थिए ।

भारतले दिएको १७७ रनको लक्ष्य पन्छ्याउँदै गर्दा अफ्रिका ७ रनले पराजित भएको थियो । भारतले उपाधि उचालेपछि भारतीय टोलीका दुई महान् क्रिकेटर विराट कोहली र रोहित शर्माले ,संन्यासको घोषणा गरेका हुन अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पियन बनेसँगै कोहलीले अब भारतबाट टी -२० आई नखेल्ने घोषणा भएका छन् । उनले अब आफू भारतबाट टी-२० नखेल्ने भन्दै भारतका युवापुस्ताहरूलाई अवसर दिनका लागि संन्यास लिएको घोषण गरेका थिए । भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्ने क्रममा उनले यो आफ्नो अन्तिम टी–२० आई खेल भएको बताएका थिए । बार्बाडोसमा भएको फाइनल खेलमा विराट कोहलीले उत्कृष्ट प्रदर्शन समेत गरेका थिए ।

टोलीबाट उनले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । ३५ वर्षीय विराट कोहली भारतबाट १२५ टी-२० आई खेलाडी पनि हुन । खेलमा उनले १ शतक र ३८ अर्ध शतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी-२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी–२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

विश्वकप उपाधि आफ्नो कप्तानीको नाममा पारेका भारतीय कप्तान रोहित शर्माले समेत टी २० आइबाट संन्यास लिएको घोषण गरेका छन् । विश्वकपका भारतबाट सर्वाधिक रन बनाउने प्यलेअर रोहित शर्मा हुन । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

उनले १५९ टी-२० आई खेलमा ५ शतक र ३२ अर्ध शतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी-२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो । यी दुई खेलाडी भारतका लागि निकै महत्त्वपूर्ण भूमिकामा रहेका थिए ।