images

सरकार फेरबदलको चर्चापछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं– सरकार फेरबदलको चर्चासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

ओली–प्रचण्डबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गङ्गा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् । सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो । पछिल्लो समय काँग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।

यस अघि ओली र काँग्रेस सभापति देउवाबीचको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड सत्ता फेरबदल हुनेमा शंसकित देखिएका छन् ।