images
images

अपाङ्गता भएका २५ जनालाई निःशुल्क ह्वील चेयर, ११ जनालाई कमोट चेयर प्रदान

काठमाडौं–काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।

वडाबाट सिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरूका लागि विभागले सामग्री उपलब्ध गराएको हो । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम बोर्ड, व्याटमिन्टन, बास्केट बल, स्टीलको लट्ठी, सानो, मध्यम र ठुला साइजका डाइपर, इलेक्ट्रिक हट ब्याग, पुतलीहरू, रेजिस्ट्याण्ड ब्यान्ड, ह्याण्ड बल, क्रिकेट बल र ब्याट, खेल खेल्ने रिङ्, टेडी बियर, रबरको घोडा छन् ।

यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई खेल्न तथा थेरापीका लागि हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS