images

एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं–नेकपा एमालेले पार्टीको सचिवालय बैठक बस्दै छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।