images

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं– जारी कोपा अमेरिका फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ ।

बुधवार बिहान ब्राजिल र कोलम्बियाबिच समूह चरणको अन्तिम खेल सकिएपछि कोपा अमेरिकाको क्वाटर फाइनल समीकरण पूरा भएको हो । समूह ‘डी ग्रुपबाट कोलम्बिया समूह विजेता र ब्राजिल उपविजेता बनेर क्वाटर फाइनल प्रवेश गरेको हो ।समूह ‘सी’ बाट उरुग्वे समूह विजेता र पानामा उपविजेता पनि क्वाटरफाइलन पुगेको छन् ।

उरुग्वेले समूह चरणका तीनै खेल जित्दा पानामाले दुई जित र एक हारसहित ६ अङ्क जोडेर उपविजेता बनेको थियो ।समूह ‘बी’ बाट भेनेजुएला तीनै खेल जितेर ९ अङ्क जोड्दै समूह विजेता बन्दा एक जित, एक हार र एक बराबरी खेलेको इक्वेडर ४ अङ्कसहित उपविजेता बनेर क्वाटर फाइनल पुगेको छ ।समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा क्वाटर फाइनल पुग्यो । अर्जेन्टिनाले समूह चरणको सबै खेल जितेर ९ अङ्क जोडेर क्वाटर फाइनल प्रवेश गरेको हो । उक्त समूहबाट क्यानडा १ जित, एक हार र एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटर फाइनल पुगेको हो ।

क्वाटर फाइनलको खेल जुलाई ५ देखि सुरु हुनेछ। पहिलो खेल शुक्रवार अर्जेन्टिना र इक्वेडरबीच हुनेछ ।भेनेजुएलाले क्यानडासँग, कोलम्बियाले पानामानसँग र ब्राजिलले उरुग्वेसँग क्वाटर फाइनल खेल्नेछ।सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुनेछ।