images

कांग्रेसले गर्‍यो एमालेसँगको सत्ता समीकरणलाई अनुमोदन

काठमाडौं–नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले एमाले सँगको सत्ता समीकरण गर्ने विषयलाई अनुमोदन गरेको छ । बैठकले नेकपा एमाले र काङ्ग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको हो ।

बुधवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने प्रवक्ता महतले बताए ।

काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह पनि गरेको छ ।