images

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिँदै छ । रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले बिहीबार राजीनामा दिने भएका छन्।

बुधवार नै राजीनामा दिने भनिए पनि केन्द्रीय समितिको बैठकको कारण सम्भव नभएको रास्वपाले जनाएको छ ।

नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

आज रास्वपाबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले समेत राजीनामा दिने भएका हुन्। रास्वपाले एमाले-कांग्रेसको सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ।

हालको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली काङ्ग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो।