images

पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु

काठमाडौं–पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरू १० देखि १२ वर्ष उमेरका रहेको अवाले बताए ।

उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरूलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एक जनाको र दुई जनाको अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूको नुहाउने क्रममा डुबेको स्थानीयको भनाई रहेको छ ।