images
images

बेलायतको लेबर पार्टीको संसदमा बहुमत, स्टारमर नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी– केयर स्टाररको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम चुनावमा हार स्वीकार गर्नुअघि सञ्चारमाध्यमले ३२६ सिटको थ्रेसहोल्ड पुगेको घोषणा गरेका छन् ।

बिबिसी, आईटीभी र स्काई न्युज- तीन प्रसारकहरूद्वारा निर्मित एक्जिट पोलले केही घण्टाअघि नै लेबरले ४१० सिटमा ठुलो जित हासिल गर्ने अनुमान गरेको थियो । सुनकले बेलायतका राजा चाल्र्ससँग भेट गरेपछि स्टाररलाई बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न मार्ग प्रशस्त गर्न चाँडै नै राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।