images

प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रवार प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन ।

संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो । कांग्रेस र एमालेबीचको सहमति अनुसार पहिलो सरकारको नेतृत्व नेकपा एमालेले गर्ने छ भने चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति बनेको छ ।

हेर्नुहोस् यस्तो प्रधानमन्त्री प्रचण्डले संसद् सचिवालयमा पठाएको पत्र