images

डा विष्णु दाहालकाे शब्द र करण परियारकाे आवाजमा ‘मैले सम्झिने मान्छे’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं–राजनीतिक विश्लेषक एवम् प्राध्यापक डा विष्णु दाहालको शब्दमा रहेको ‘मैले सम्झिने मान्छे’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमाा  नेपाल आइडलका विजेता करण परियार र अस्मिता अधिकारीले स्वर भरेका छन् । उक्त गीतमा माया प्रेम, मिलन बिछोडका विषयवस्तुहरू शब्दमा उनिएका छन् ।

डा दाहालको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । त्यसै गरी गीतको एरेन्ज महाराज थापाको रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । सनिसा भट्टराई र शीतल वाग्लेले अभिनय गरेका छन् भने,उक्त अभिनयको सम्पादन विकास धमालाले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो