images

बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल सुरु भयोः सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता समीकरणको सम्बन्धमा नेपाली कांग्रेस र नेकपा एमालेले गरेको सहमति अपारदर्शी भएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सापकोटाले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सत्ता समीकरणको सहमति सार्वजनिक नभएको भन्दै सम्झौता अपारदर्शी रहेको टिप्पणी गरे । संसदीय अभ्यासमा ठुलो दलले सरकार बनाउने र दोस्रो ठुलो दल प्रतिपक्षमा बस्ने परम्परा रहे पनि सहमतिमा दोस्रो ठुलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसले स्थिरता दिन नसक्ने दाबी पनि गरे ।

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल सुरु भएको दाबी पनि गरे । सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने स्पष्ट पारे ।