images

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

मङ्गलवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बैठक बिहान पौने ९ बजेबाट सुरु भएको हो । बैठकमा महामन्त्री डा। मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमाथि छलफल हुने र केन्द्रीय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।