images

मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस

काठमाडौं–रास्वपाका महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । रास्वपाको अनुशासन आयोगले एक हप्ताका लागि निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको हो ।

यसअघि असार १९ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लङ्घन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री पदबाट १ साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सह प्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

ढकालले केही दिनअघि सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।