images

नारायणी नदी किनारामा दुई पुरुष सहित तीन जनाको शव फेला

काठमाडौं–पूर्व-नवलपरासी स्थित नारायणी नदी किनारामा दुई पुरुष र एक महिलाको शव फेला परेको छ । मङ्गलवार बिहान जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी पूर्व–नवलपरासीले जनाएको छ ।

मृतक अन्दाजी ६० वर्षीय पुरुष, अन्दाजी ४०/४५ वर्षीय पुरुष र अन्दाजी ४०/४५ वर्षीया महिला रहेका छन् । माछा मार्न गएका माझीले देखेर प्रहरीलाई बोलाएका थिए।

उनीहरूको सनाखत भइसकेको छैन । घटनाका बारेका अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।