images
images

पार्टीका सांसदलाई बाइडेनको पत्र- ट्रम्पलाई हराउन प्रतिबद्ध छु

एजेन्सी– पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिबद्ध रहेको बताएका छन् । शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक सांसदहरूलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रहने प्रतिबद्धता जनाए ।

उनले सञ्चारमाध्यम र अन्य ठाउँमा सबै आङ्कलनहरूको बाबजुद आफू यस दौडमा रहने बताए । राष्ट्रपतिको दौडलाई अन्त्यसम्म लैजान र डोनाल्ड ट्रम्पलाई हराउन दृढ प्रतिबद्ध रहेको बताउनु भयो । ट्रम्पलाई हराउनु नै आफ्नो एउटा मात्रै काम भएको बताए । लोकतान्त्रिक महाधिवेशनमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार औपचारिक रूपमा घोषणा हुने ४२ दिन मात्र बाँकी छ । र आम चुनावको लागि ११९ दिनहरू छन् ।

बाइडेनले यो एकजुट हुने, एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने र डोनाल्ड ट्रम्पलाई पराजित गर्ने समय भएको बताए । केही डेमोक्र्याटिक सांसदहरूले उनलाई दौडबाट बाहिर निस्कन आग्रह गरेका छन् । रियल क्लियर पोलिटिक्सको औसत मतदान तथ्याङ्क अनुसार ट्रम्पले आम चुनावमा बाइडेनभन्दा ३।३ प्रतिशत अङ्कले अग्रता लिएका छन् ।