images

सिसी क्यामेरा बिग्रेपछि अपराध नियन्त्रण र प्रमाण सङ्कलनमा समस्या

झापा– नागरिकको सुरक्षार्थ लाखौँ रकम खर्चिएर झापाका मुख्य सडक र चोकहरूमा सिसी क्यामेरा जडान गरिएको थियो । समयसापेक्ष मर्मत सम्भार नगरिँदा अधिकांश क्यामेरा बिग्रिएर प्रायोग बिहिन बनेका छन् । लामो समयसम्म पनि क्यामेरा मर्मतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा शान्ति सुरक्षामा समेत चुनौती थपिएको छ ।

केही वर्ष अघि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै देशकै मुख्य व्यापारिक जिल्ला मानिने झापाका प्रमुख सडक र सहरका चोकहरूमा लाखौँ रकम खर्चिएर नेपाल प्रहरी र सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा सिस क्यामेरा जडान गरिएको थियो । सो समयमा झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा, भद्रपुर, दमक लगायतका स्थानमा जडान गरिएका ५ सय ४८ वटा सिसी क्यामेरा जोडिएको थियो । जसमध्ये लामो समयदेखि १ सय ७५ वटा सिसी क्यामेरा बिग्रिएर प्रयोगविहीन अवस्थामा छन् । चट्याङ, अनियमित विद्युत् आपूर्ति , सडक विस्तार गर्ने क्रममा देशकै मुख्य सहर र राजमार्गमा जडान गरिएका अधिकांश सिसी क्यामेरा बिग्रिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

अपराध नियन्त्रण र प्रमाण सक लनको भरपर्दो माध्यम बनेका क्यामेराहरू बिग्रिँदा अपराध नियन्त्रण र प्रमाण सक लनमा समेत समस्या भएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

बिशेषगरी सिसी क्यामराको सहयोगमा दुर्घटना भएपछि भाग्नेहरूलाई पक्राउ गर्न तथा चोरी लुटपाट र डकैतीका घटनाको अनुसन्धानमा सहयोग पुग्ने गरेको थियो । तर अहिले भने यस्ता घटनाको अनुसन्धान तथा शान्ति सुरक्षा व्यवस्थापनमा समस्या हुँदै आएको छ । सिसी क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट र कसरी गर्ने भन्ने योजना नै नहुँदा यसको मर्मत सम्भारमा समस्या उत्पन्न भएको देखिन्छ ।