images
images

एसिया कप २०२४ को अभ्यास खेलमा नेपालको दोस्रो हार

काठमाडौं–एसिया कप २०२४ को तयारीका लागि श्रीलङ्का भएको अभ्यास खेलमा नेपाली महिला टोली श्रीलङ्का विकास टोलीसँग दोस्रो खेलमा पराजित भएको छ ।

श्रीलङ्कामा बुधवार भएको दोस्रो खेलमा नेपाली महिला टोली श्रीलङ्का डेभलपमेन्टसँग ४ विकेटले पराजित भएको हो ।

नेपाली महिला टोलीबाट १०७ रनको विजय लक्ष्य पाएको श्रीलङ्का डेभलपमेन्टले १ बल अगावै पूरा गर्दे जित निकालेको हो । श्रीलङ्का डेभलपमेन्टका लागि एन सेनारथनेले सर्वाधिक २७ रन बनाइन् भने एस सन्दीपानीले १९ रन बनाइन्।त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो।

नेपालका लागि कविता कुँवरले २९ र कप्तान इन्दु बर्माले २८ रुन बनाइन्। मङ्गलवार भएको पहिलो खेलमा पनि नेपाल श्रीलङ्का डेभलपमेन्टसँग ३३ रनले पराजित भएको थियो।

नेपाली महिला टोली एसिया कप खेल्न श्रीलङ्का पुगेको हो। एसिया कपमा नेपालले साउन ४ गते युएईसँग खेल्नेछ। त्यसपछि ६ गते पाकिस्तान र ८ गते भारतसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS