images

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन् । प्रधानमन्त्री दाहालले शुक्रवार विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै एमाले लगायतका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् ।

विश्वासको मत नपाउने निश्चित प्राय हुँदा पनि दाहालले संसद्को सामना गर्ने अडान लिएका छन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री बनाउने सहमति भएको छ । दाहाल भने ओलीलाई रोक्ने रणनीतिमा छन् ।