images

कञ्चनपुरको चौधर नदीमा बेपत्ता चौधरीको शव फेला

बेलडाँडी- जिल्लाको बेलडाँडी गाउँपालिका भएर बग्ने चौधर नदीको बाढीमा परी बेपत्ता भएका चौधरीको शव पाँच दिनपछि फेला परेको छ ।

केही दिन अघि आएको अविरल वर्षाका कारण बेलडाँडी गाउँपालिका(५ चौधर नदीमा आएको बढीले बगाउँदा माछा मार्न गएका बेलडाँडी गाउँपालिका(३ बैवाहाका २३ वर्षीया डम्बर चौधरीको शव पाँच दिनपछि फेला परेको हो ।

चौधरीको शव नदीले बगाएर बेपत्ता भएको स्थान देखि ५र६ किलोमिटर अगाडि भारत तर्फ पट्टी मृतकका आफन्त र स्थानीयको सहयोगमा शव बिहीबार २७ गते साँझतिर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।

उनले भने,’शव सडेको अवस्थामा आफन्तहरूले फेला पारेर अहिले शव बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ, आजै प्रक्रिया अनुसार पोस्ट मार्टमका गरिने बताए ।

यो सँगै कञ्चनपुरमा बाढीबाट ज्यान गुमाउने सङ्ख्या ५ पुगेको छ ।