images

ओली चौथौ पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

ओलीलाई संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका थिए। आज ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेका हुन्।

गत असार १७ गते मध्य राति कांग्रेससँग गरेको समझदारी अनुसार ‘आलोपालो सरकार चलाउने’ समझदारी भएको छ। जसअनुसार सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति भएको जनाइएको छ ।