
काठमाडौं–नेपाली कांग्रेस इतर पक्षका नेता डा= शेखर कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका छन् ।
डा.कोइरालाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि आफू निकट नेताहरूसँग छलफल गरेको नेता कोइरालाका प्रमुख स्वकीय सचिव दिनेश थपलियाले स्पेस समाचारलाई जानकारी दिए ।
आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा नेता कोइरालाले कोइरालाको बिशालनगरस्थित सचिवालयमा भएको छलफल गरेका हुन् ।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सांसद अर्जुननरसिंह गिरी, बल बहादुर केसी, दिलेन्द्र बडू,डा चन्द्र भण्डारीका साथै डा मिलेन्द्र रिजालको उपस्थित रहेको थियो ।
इतर समूहबाट ओली नेतृत्वको सरकारमा कम्तीमा पनि चार जना मन्त्री बनाइनु पर्ने माग गरेका छन् ।