images

यी हुन कांग्रेसबाट ओली सरकारमा सहभागी हुने मन्त्रीहरू

काठमाडौं–नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गाएको छ । नेपाली कांग्रेसबाट नेता प्रकाशमान सिंहले नेतृत्व गर्ने भएका हुन् ।

सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दीपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुङ्गो लागेको छ।

उनीहरूको मन्त्रालय टुङ्गो लागिसकेको छैन। सिंह सहरी विकास, देउवा परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ। सभापति देउवा पक्षले ६ जना मन्त्री टुङ्गो लगाएको हो।

सांसद तेजुलाल चौधरी पनि मन्त्री बन्दै छन्। अब दुई जना मन्त्री चयन गर्न बाँकी छ। कांग्रेसको संस्थापन इतर पक्षले मन्त्रीहरूको टुङ्गो भने लगाइसकेको छैन । नेता शेखर कोइराला गगन थापा पक्ष भने अन्तिम छलफलमा छ।

कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिनेमा छ।