काठमाडौँ– नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडले वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
गत चैत ४० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् ।
उक्त मुद्दामा गायक ओडले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालले गत आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने भन्दै उल्लेख गरिएको छ ।
विदेशबाट फर्किएर उनले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका रवि निर्दोष ठहरिएका हुन् ।